काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा उहाँको शव श्रद्धान्जलीका लागि राखिन लागिएको हो ।
शनिबार राति ७१ वर्षको उमेरमा निधन हुनुभएका उहाँको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए ।
नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ ।
संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको थियो । उहाँ पाँचौं पटक विजयी हुनुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts