काठमाडौं । हिटाकर्मी कृष्ण भुसाललाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । सोमबार काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच भुसाललाई उक्त सम्मान अर्पण गरिएको हो । चौथो जिनियस म्युजिक अवार्डमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले दोसल्ला, फूल माला र सम्मानपत्रले उहाँलाई सम्मानित गर्नुभएको थियो ।
वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको समारोहमा रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो ।
सोहीअनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले चौथो संस्करण सम्पन्न गरेको हो ।
कलाका साथै अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको सोमबारको समारोहमा विभिन्न ४३ विधामा गीतसंगीतका स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोक तथा दोहोरी, गजल, आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts