भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुई जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

रुकुम । भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो ।

तीनजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिनुभयो ।

ADVERTISEMENT

घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् । कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए । उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज