सुनवलमा २५ करोडको लगानीमा शीत भण्डार निर्माण सम्पन्न

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ , मुखिया टोलमा ३ हजार मेट्रिक टन क्षमताको शित भण्डार निर्माण कार्य सम्पन्न भएको छ। २५ करोड लागत स्टिमेट रहेको शित भण्डार निमार्णका लागि २० करोड ९८ लाखमा टेन्डर स्वीकृत भएको थियो ।

विक्याट विल्र्डस काठमाण्डौंले १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७६ साल मंसिरमा सम्झौता गरेपनि कोरोनाका कारण ४ बर्षपछि मात्र उक्त शित भण्डार निर्माण कार्य सम्पन्न भएको हो।

नेपाल सरकारको सहकारी विभाग मार्फत अर्थ मन्त्रालयले स्थानिय पालिकासँग समन्वय गरी निर्माण सम्पन्न गर्ने गरी २०७४ साल पौष १४ गते जिल्ला सहकारी संघ पश्चिम नवलपरासीले शित भण्डार निमार्णको अनुमति लिएको थियो ।

शित भण्डार निर्माण लागि नेपाल सरकारको ६० प्रतिशत, पालिकाहरुको २० प्रतिशत र सहकारी संघ–संस्थाहरुको २० प्रतिशत लागत रहने गरी शित भण्डार निमार्णको अनुमति स्वीकृत भएको थियो ।

ADVERTISEMENT

अहिले नेपाल सरकारबाट १२ करोड ५९ लाख अर्थात ६० प्रतिशत अनुदान रकम ,सुनवल नगरपालिकाबाट १ करोड ५० लाख,रामग्राम नगरपालिकाबाट १ करोड, बर्दघाट नगरपालिकावाट २५ लाख ,सरावल गाउपालिकाबाट ४ लाख ५० हजार र ८५ वटा सहकारीहरुवाट ३ करोड ३० लाख रुपैया अहिले सम्म संकलन भएको जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष बिष्णुप्रसाद पौडेलले बताउनु भयाे ।

स्टिल स्टक्चरमा मल्टी चेम्वरको ३ तला रहेको शित भण्डारको निमार्ण कार्य सम्पन्न भएसँगै सञ्चालनका लागि तयारीमा रहेको जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका सचिब चण्डीप्रसाद पाण्डेले बताउनु भयाे ।

घर छेउमा नै शित भण्डार संचालनमा आउन थाले पछि वडा नं २ ,मुखिया टोलका स्थानियवासी हर्षित भएको स्थानिय रामनाथ पौडेलले बताउनु भएको छ ।

जिल्लाका कृषकहरुलाई लक्षित गरी निमार्ण गरीएको शित भण्डार सबैका लागि र सधैंका लागि प्रभावकारी बनाउन जिल्लाका सबै किसान तथा ब्यवसायीहरुलाई जागरुक बनाउन जरुरी छ । ठूलो लागतमा निमार्ण गरीएको शित भण्डारको समयमा नै सदुपयोग गर्न सकिएन भने राज्य र सहकारीको लगानी बालुवामा पानी नहोला भन्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज