मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका पूर्वसदस्य डा राजाराम कार्कीको केही दिनअघि क्यान्सर रोगको सङ्क्रमणबाट उपचारका क्रममा निधन भएकामा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको थियो । सोही अवसरमा उहाँप्रति प्रदेशसभाका सदस्यहरूले एक मिनेट मौनधारण व्यक्त गरी श्रद्धा अर्पण गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts