कोशी प्रदेश सरकार गठनमा काँग्रेसले जिम्मेवारी भुमिका खेलोस् : एमाले

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भएपनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताउनु भयो ।

उहाँले प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै काँग्रेसले समाधानको बाटोमा जानुपर्ने बताउनु भयो । उहाँले प्रदेशको हीत र संविधानको रक्षाका काँग्रेसले जिम्मेवारीपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल गरिरहेका छौँ । पहिलादेखि नै हामीले उहाँहरुलाई भनेको त्यही नै थियो । त्यहाँ जुन ढंगको शक्ति अवस्था छ, निषेध गरेर जाने खालको बाटोमा नजाऔँ । उहाँहरुले निषेध गर्न कोशिष गर्नुभयो । त्यसका लागि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ । अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ । जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन । नेपाली काँग्रेसले जिम्मेवार भुमिका खेलोस् । हामी प्रारम्भिक चरणको कुराकानीमा छौँ । अहिले नै कुनै संकेत छैन, प्रदेशको हीत र संविधानको रक्षाका लागि त्यसो गर्नु राम्रो हुन्छ ।’

ADVERTISEMENT

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताउनु भयो । उहाँले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको छ । पछिल्लो समय जुन विश्वासको संकट जस्तो देखिएको छ, नेपाल र चीन सम्बन्धमा । चिनियाँ मित्रहरुरुको मनमा नेपालले कतै सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भने, नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो की, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो की वा अरु कुनै सेक्युरिटी अम्ब्रेलातिर नेपाल जान खोजेको हो की भन्ने खालको छ,त्यसलाई चिर्ने काम र नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ भन्ने पक्षमा मैले आग्रह गर्छु । उचस्तरीय भ्रमणको क्रममा जे समझदारी भएका छन्, ति कार्यको कार्यान्वयनमै केन्द्रित हुुनपर्छ भनेको छौँ ।’

उहाँले उचस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज