टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।

टुकोनको हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो ।

चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनको मिति सारिएको टुकोनले जनाएको छ । ६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु सहभागी गराउने बताइएको छ ।

ADVERTISEMENT

महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड यूनियन महासंघ नेपाल ९टुकोन०को सक्रिय सहभागिता रहने निर्णय गरेको छ ।

श्रमिकहरूको हकहितको लागि निरन्तर संघर्षमा रहेको सो महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिकको विभेद श्रमिकहरुको लागि न्यायोचित बृद्धि नभएको ठहर गर्दै मंहँगी, भ्रष्टाचार र बाँच्न पाउने अधिकारप्रति सम्बन्धित पक्षको उदासिनता विरुद्धमा देशव्यापी ‘श्रमिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

आगामी माघ महिनामा सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनबाट श्रमिकप्रतिको न्यायपूर्ण प्रतिबद्धता समेत सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज