भक्तपुर । नेपालमा पर्यटक आकर्षण बढाउन बिभिन्न प्रयास हुन थालेका छन् । यही क्रममा भक्तपुरको एक पोखरीमा वाटर बाइक सुरु भएको छ । साइकल नै चलाउन नजान्नेले समेत उक्त बाइक राइड गर्न सक्ने छन् । दुई सय रुपैयामा १५-२० मिनेट पानीमाथि साइकलमा घुम्न पाउने यो रमाईलो खेललाई धेरैले मन पराएका छन् । ओपनिङको पहिलो दिनमा नै धेरैले मन पराएको र भिडसमेत लागेको थियो ।













