बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, ३० घाइते

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।

उहाँका अनुसार दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा राती करिब ९ बजे ठोक्किएको हो ।

मृतक सात जनामध्ये ६ जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहनुभएको छ ।

ADVERTISEMENT

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको इकाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक बाटोमा बिग्रिएर राखिएको थियो’ डीएसपी डाँगीले भन्नुभयो, ‘तीव्र गतिको गाडी त्यही ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । गाडीभित्र धेरै नाचगान गर्दै रमाइलो गरेका थिए । दुर्घटना कसरी हुन पुग्यो भनेर घाइतेलाई सोध्दा पनि एक्सासि ट्रकमा ठोकिन पुगेको बताएका छन् ।’

गाडीमा ४१ जना सवार थिए । जसमा ९ जना सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज