पहिरो पीडितलाई राहत सामग्री वितरण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

दोलखा । लायन्स इन्टरनेसनल डिष्ट्रिक डिले दोलखाको गौरिशंकर गाउँपालिका वडा नं. ७ र ८ मा राहत सामग्री वितरण गरेको छ । गत साउन १८ गते गएको विनाशकारी पहिरोका कारण विस्थापित भएका ६३ परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

अन्तर्राष्ट्रिय लायन्स क्लब अफ फाउन्डेसनको आर्थिक सहयोगमा करिब २० लाख बराबरको लत्ताकपडा, खाद्यान्न, ग्यासलगायत आधारभूत आवश्यकताका सामानहरू वितरण गरिएको लायन्स इन्टरनेशनल डी का गर्भनर रमेश लामाले बताउनुभयो ।

ADVERTISEMENT

उक्त पहिरोमा परेर चार जनाको मृत्यु भएको थियो भने दुईजना बेपत्ता भएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले लायन्स क्लबले जीवनमा कहिल्यै नबिर्सिने गुण लगाएको बताउनुभयो । उहाँले पिछडिएको यस क्षेत्रमा काठमाडौंदेखि आएर मानवीय सहयोग गरेकोमा आयोजकप्रति आभार पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डी का गर्भनर लामाले पिछडिएको यस क्षेत्रमा आएर सहयोग गर्न पाउँदा आफूहरूलाई गर्व लागेको र आउँदा दिनमा पनि समस्यामा परेका समुदायलाई मन, वचन र कर्मले सहयोग गर्न सम्पूर्ण लायन्सहरूलाई आग्रह पनि गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय लायन्स क्लबले निर्देश गरेअनुसार काम गर्दै जाने बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अफ मनोहरालगायत अन्य क्लबहरूको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?