बेनीमा तीन सय वर्ष पुरानो लोपोन्मुख जोगी नाच प्रदर्शन (फोटोसहित)

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा लोपोन्मुख जोगी नाच देखाइएको छ ।

नेपाल भाषा मंकाःखलले आयोजना गर्ने बर्खेनाच अन्तरगत शुक्रबार तीनसय बर्ष पुरानो जोगी नाच देखाइएको हो ।

मानब बस्तीको विस्तार संगै बेनीबजारको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा यूवापुस्ताले ताण्डप नृत्य सहित कलाकारहरू सहित नाच देखाएका थिए । नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ ।

घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाचहरु देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।
जनशक्ती र तयारीको अभावमा हरेक बर्ष देखाउन मुस्किल हुने गरेको जोगी नाच बजारमा ल्याउनुपूर्व महादेव र पार्वतकीो पूजा गरी उनीहरुलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर बजारमा नचाउने गरिएको नेपाल भाषा मंकाः खलका पुर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

विधि अनुसार नाच प्रस्तुत गरेमा बर्षभरि कुलको सुरक्षा हुने विश्वास समेत रहेको छ । पुराना पुस्ताले सीप हस्तान्तरण गदैं दुई सय बर्ष पुरानो बर्खेनाचको निरन्तरताको लागी नयाँ कलाकारहरुलाई तालिम समेत दिइएको छ ।

ADVERTISEMENT

बर्खेनाचका दर्जनौं नाचहरु लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरुको जागरणले संरक्षण र संवद्र्धनमा सक्रिय भएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बाला नाच देखाउन लागिएको हो ।

बर्खेनाच यहाँका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेपनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणको लागि अन्य समुदायको समेत सहभागीता हुन थालेको छ । बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबै जसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

बर्खे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउँदै एक महिनासम्म विभिन्न नाचहरु प्रस्तुत गरी तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज