सीमा सुरक्षा बलद्वारा भारत प्रवेशमा कडाई, नेपाली नागरिकलाई परिचय-पत्र अनिवार्य

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । सुदूरपश्चिममा नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ । नेपाल र भारतको सीमा पार गर्नका लागि नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र अनिर्वाय गरिएको हो ।

सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकामा भारतीयले नेपाली नागरिक खुल्ने परिचय पत्र खुल्ने कागजात खोज्न थालेका हुन् । यी तीनवटै नाका भएर सुदूरपश्चिमेलीहरुसँगै कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि भारत जाने र नेपाल फर्किने गर्दै आएका छन् ।

भारतमा रोजगारीका लागि जानेहरुसगं मात्रै नभएर छिमेकी बजारमा किनमेल गर्न जानेहरुसगं पनि परिचयपत्र माग्ने गरेको सिमामा खटिएका सुरक्षाकर्मीहरुको भनाई छ । उनीहरुका अनुसार परिचयपत्र भएकाले मात्रै भारत प्रवेस गर्न पाउने गरेका छन भने परीचय पत्र नभएकालाई भारतीय सुरक्षा बलले नेपाल नै फर्काइदीने गरेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले तेस्रो देशका नागरिकको प्रवेश गर्न सक्ने भएकाले सीमामा कडाइ गरिएको हुन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘भारत जानलाई नेपाली हो भन्ने आधार खोज्दैछन्। तर, हामीसँग अधिकारीक कुनै जानकारी छैन।’

नेपालबाट चिनियाँ नागरिकसमेत भारत प्रवेश गर्दै आएकाले कडाइ गरिएको बुझिएको छ । तर, नेपालसँग भारतीय सुरक्षा बलले कुनै समन्वय गरेको छैन । स्थानीय प्रशासनलाई समेत आधिकारिक रुपमा सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कडाइका विषयमा जानकारी छैन।

ADVERTISEMENT

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कडाइका बारेमा आधिकारीक जानकारी नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालीको पहिचानका लागि कागज मागेका हुन् । नेपाली रोकिएको भन्ने आएको छैन । तर, सीमा क्षेत्रमा कडाइ गरिएको भन्ने आएको छ । मासिक बैठक हुन्छ, यो विषयमा छलफल गर्छाैँ ।’
सीमा क्षेत्रमा नागरिकता अथार्त परिचयपत्र नभएकाहरुले पनि दुःख पाउन थालेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले एकतर्फी कडाइ गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतीय सीमा क्षेत्रका बजारमा किनमेलका लागि जानसमेत नागरिकता अनिवार्य गरेको छ ।

गौरीफन्टा सीमा क्षेत्रसँग जोडिएको वनगाउँ जानका लागि समेत नेपाली भएको पहिचान खुल्ने परिचयपत्र भएकाहरुलाई मात्र प्रवेश गर्न दिने गरेको छ । सीमा क्षेत्रमा नेपाली भएको परिचय खुल्ने नागरिकता, सवारी चालक अनुमति पत्र, प्यानकार्ड नभएकालाई भारत प्रवेशमा रोक लगाइएको छ ।

धनगढीसँग जोडिएको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट भारत जान र नेपाल प्रवेशमा समेत परिचयपत्र अनिवार्यगरिएको छ । नागरिकता अर्थात परिचय पत्र नभएका वा नबोकेका नागरिकले सीमा क्षेत्रमा सास्ती पाउँदै आएका छन् ।

सुदूरपश्चिमसहित कर्णाली प्रदेशका नागरिकले समेत गौरीफन्टा र गड्डाचौकीको नाका प्रयोग गर्दै आएका छन् । सयौंको संख्यामा भारत जाने र नेपाल फर्किनेको सीमा क्षेत्रमा भिड हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज