निजामती सेवा प्रभावकारी बनाउन संघीय निजामती ऐन आवश्यक

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । निजामती सेवालाई स्थायी सरकार मानिदै आएको भए पनि यो अझै अस्थिर नै रहेको भन्दै भोजपुर जिल्लामा कार्यरत कर्मचारीले बिकास, सम्बृद्धि र सुशासनलाई मजबुत बनाउन निजामती सेवा ऐनमा ढिलाई गर्न नहुने बताउनु भएको छ ।

‘ब्यावसायिक र सिर्जनशील प्रशासन, बिकास, सम्वृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ कर्मचारी मिलन केन्द्र भोजपुरको आयोजनमा भएको १९औ निजामती सेवा दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागि बक्ता कर्मचारीले संघीय निजामती ऐन, सुशासन र समृद्धिमा जोड दिनुभयो ।

ADVERTISEMENT

जिल्ला भित्र कार्यरत कर्मचारीहरुको सहभागिता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला न्यायाधिवक्ता कल्याण पराजुली, डिभिजन वन कार्यालयका प्रमुख बिरेन्द्र शाह, ट्रेड युनियनको तर्फबाट ईश्वरी पौडेललगायतले निजामती सेवाको क्षेत्रमा देखिएको समस्या र राज्यले सम्वोधन गर्नु पर्ने मागका बिषयमा धारणा राख्नु भएको थियो ।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको सहभागिता भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखलगायतको पनि सहभागिता रहेको थियो । नेपालमा हरेक बर्षको भाद्र २२ गते बिभिन्न कार्यक्रमसहित निजामती सेवा दिवस मनाइने गरिन्छ । २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज