मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायले न्वाँगी पर्व मनाइरहँदा यसले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेको बताउनुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले चेपाङ समुदायले मनाउँदै आएको न्वाँगी (छोनाम) पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न सबै एकताबद्ध भई अगाडि बढ्न प्रेरणा प्रदान गर्ने जनाउनुभएको छ ।
परम्परागत मूल्य मान्यता प्राप्त गरेको आफूलाई महसुस भएको उल्लेख गर्दै सन्देशमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेकोसमेत जनाउनुभएको छ ।
प्रकृति पूजक अतिसिमान्तकृत चेपाङ जातिले हरेक वर्ष भदौ २२ गते मनाउने यो पर्वले अनेकतामा एकता कायम गर्ने भन्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश यही भएर भएको बताउनुभएको छ ।
“अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन, यहाँका प्रत्येक जातजाति र समुदायको आ-आफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा रहेका छन्”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभएको छ, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्वपूर्ण अङ्गका रुपमा चेपाङ संस्कृति रहेको छ ।” उहाँले चेपाङ जातिको यो पर्वमा यस वर्ष पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएर सम्मान प्रकट गरेको शुभकामना सन्देशमा भनिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts