असल मान्छेको लोकार्पण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । समसामयिक लेखहरू समाविष्ट असल मान्छे स्मारिका-२०८० को लोकार्पण गरिएको छ । ओखलढुंगा साविक वतासहुँगा कटुञ्जेबाट प्रशासनिक क्षेत्रमा उच्चस्थानमा पुग्नु भएको खेमप्रसाद दाहालको ६७औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा स्मारिकाको लोकार्पण गर्दै हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले असल मानिसको प्रवृत्तिगत विशेषता उल्लेख गर्नुभयो र भन्नुभयो : असल स्वभाव, असल चरित्र, असल व्यवहार र असल ज्ञान भएको व्यक्ति नै असल मान्छे हुनसक्छ । यी विशेषताहरूले नै खेमप्रसाद दाहाललाई असल मान्छे भनिएको भनाइ राख्नु भयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक पीताम्बर दाहालले सत्चरित्र नै असल मानिसको परिचय हो भन्नु हुँदै आफ्ना विविध अनुभवसमेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव लालशंकर घिमिरे, प्राडा. साहित्यकार देवी नेपाल, परिवारका सदस्य वरिष्ठ शिक्षाविद् द्रोणप्रसाद दाहाल, शम्भुप्रसाद दाहाल, हरिहर दाहालले खेमप्रसाद दाहालका योगदानबारे चर्चा गर्नुभएको थियो ।

ADVERTISEMENT

खेमप्रसाद दाहाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको स्मारिका बारे यसका सम्पादक प्राडा. भूपप्रसाद धमलाले विषयवस्तुको जानकारी दिनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद दाहालले गत वर्ष प्रकाशित असल मान्छे कृतिको स्मरण गर्दै भविष्यमा प्रतिष्ठानले असल मान्छे सामाजिक सेवा पुरस्कार प्रदान गर्ने, स्वास्थ्य सहायता अक्षयकोष स्थापना गर्ने, जेहेन्दार तथा विपन्न विद्यार्थी सहायता कोष खडा गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । डेकप्रसाद खतिवडाको स्वागत मन्तव्य, कवि इन्दु अंशुको उद्घोषण र कवि लेखनाथ दाहाल र वासुदेव गौतमको कविताले कार्यक्रमलाई निकै रोचक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?