सर्वाधिक उचाइमा खेलिँदै ‘गल्फ च्यालेन्ज’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । समुद्री सतहदेखि चार हजार ६४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

गण्डकी प्रदेश गल्फ संघले लोमान्थाङ गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको गण्डकी प्रदेशसभाका पूर्वसदस्य एवं प्रदेश गल्फ संघका संयोजक इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङ गल्फ कोर्सको थप प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगिताको विश्वस्तरमा प्रचार गरी उच्चस्तरीय पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, बुटवललगायतका शहरका ४० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा चारजना महिला खेलाडीसमेत सहभागी बन्नेछन् । यस वर्ष राष्ट्रिय खेलाडीमा सीमित प्रतियोगितामा आगामी वर्ष विदेशी खेलाडीसमेत सहभागी बन्ने विश्वास आयोजकको छ ।

ADVERTISEMENT

आयोजकका अनुसार इभेण्ट नौ होलमा तीन/चार हृयाण्डी क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बराबरको एक लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिनेछ । ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाइमा रहेको छ । यद्यपि यो ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज हुन बाँकी छ । यसअघि भारत सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्स मानिन्छ । सो गल्फ कोर्स तीन हजार ९७० मिटरको उचाइमा छ ।

‘गत वर्षको प्रतियोगिताले नै विश्वका गल्फप्रेमीको ध्यान खिचिसकेको छ । विश्वस्तरमा प्रचार भएको छ । एकपटक मुस्ताङको गल्फ कोर्समा गएर खेल्छु भन्ने गल्फरमा रहर जाग्नेछ । यसलाई निरन्तरता दिएर प्रचारप्रसार हुन सके मुस्ताङमा गल्फ पर्यटनको ढोका खुल्नेछ,’ विष्टले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?