मिरा कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ ।
तिलोत्तमा ३, सिमानगरमा रहेको हाम्रो सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई कोषले शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि, तिलोत्तमा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेल, सिद्धार्थ बैंक योगीकुटी शाखाका प्रबन्धक लक्ष्मी प्रसाद ज्ञवाली, मिरा कोषका संरक्षक मिरा शर्मा, सगरमाथा आधारभुत विद्यालयका व्यस्थापन समिति अध्यक्ष कृष्ण क्षेत्री, सोहि विद्यालयका प्राचार्य घनश्याम घिमिरे लगायतको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्याण प्रसाद पौडेलले स–साना विद्यार्थीहरुको पठनपाठनमा संस्थाले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो।

ADVERTISEMENT

उहाँले आगामी दिनहरुमा वडा संगै समन्वय गरि विद्यालयको शैक्षिक उनन्नयमा अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष हेमलाल शर्माले विद्यार्थीहरुलाई सहयोग गर्न पाउंदा निकै खुसि रहेको बताउदै आगामी दिनहरुमा पनि आवश्यक शैक्षिक सामाग्री लगायत अन्य सहयोग निरन्तर रहने बताउनु भयो।

कोषले गतवर्ष सोहि विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत वितरण गरेको थियो । कार्यक्रमको संचालन कोषका महासचिब रामचन्द्र पौडेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज