रुपन्देही । लुम्बिनी प्रदेश सभाको आज बसेको २४ औं बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएको छ ।
प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्नु भएको छ । यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर साय सुझाव समेत संकलन गरेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो ।
सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछी बस्ने अर्को बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो। विधेयक पास गर्नको लागी अर्को बैठक कुर्नुपर्ने देखिएको छ ।
यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेर सम्बन्धि जानकारी दिइएको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराउनु भएको थियो ।
शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न महत्वका विषय उठान गर्नु भएको छ । प्रतिपक्षी दलका सांसदहरुले जनजीविकासंग प्रत्यक्ष जोडिएका विषयलाई प्रदेश सरकारले प्राथमिकता नदिएको आरोप लगाउनु भएको छ। ।
महँगी, कालाबजारी, अभाव, आर्थिक मन्दी, व्यवसायीमा बढिरहेको निराशा र वितृष्णालगायत प्रदेशमा रहेको गौरवका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा सरकारले उदासिनता देखाएको गुनासो गर्नु भएको छ ।
शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशको दीर्घकालीन विकासका लागि अघिल्लो सरकारले अगाडि बढाएका विकास निर्माणका महत्वपूर्ण काममा अहिलेको सरकारले चासो नदिएको गुनासो गर्नुभयो।
सदनको शून्य समयमा सांसदहरु भूवनेश्वरप्रसाद चौधरी, एमाले सांसद चिन्तामणी पाण्डे, कांग्रेस सांसद विष्णुप्रेम पाठक, एमाले सांसद रामजी घिमिरे, लोसपाका सांसद कन्हैया बानियाँ, नेकपा एसकी भगवती अधिकारी, सांसद बाचा कुर्मी, एमाले सांसद गिरीधारीलाल न्यौपाने, सांसद धनुलक्ष्मी श्रेष्ठलगायतका सांसदहरुले विभिन्न महत्वपूर्ण विषयमा बाेल्नु भएको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts