प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री साउद

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेण्डा तय भइनसकेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको एजेण्डाको अन्तिम टुंगो लागि नसकेको बताउनुभएको हो ।

उहाँले भ्रमणको एजेण्डाको सम्बन्धमा द्विपक्ष बीच छलफल चलिरहेको पनि बताउनु भयो । उहाँले भ्रमणका क्रममा ठूलो लिष्ट बोकेर जाने भन्दापनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरुलाई अगाडी बढाउने प्रश्ताव लिएर जाने बताउनु भयो ।

उहाँले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेण्डा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । सोही विषयहरुमा सम्झौता हुने तयारी भएको उहाँको भनाई छ । त्यस्तै कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सिमा नाकाहरु खोल्ने विषयमा पनि छलफल चलिरहेको उहाँको भनाई छ ।

ADVERTISEMENT

उहाँले भन्नुभयो – ‘चीन भ्रमणलाई सफल बनाउनका लागि सरकारको सम्पूर्ण मेसिनरी क्रियाशील रहेको कुरा म जानकारी दिन चाहन्छु । हामीले ठूलो लिस्ट भन्दापनि जो डेलिभरीयोग्य छन् त्यो परियोजनाहरु, ति मुद्दाहरुलाई अगाडी बढ्ने गरेर प्रश्ताव गर्ने विचार गरिराखेका छौँ । चीन र नेपाल परम्परादेखि नै धेरै घनिष्ठ मुलुकका रुपमा रहि आएका छन् । चीन उदाउँदो आर्थिक शक्तिको रुपमा रही आएको छ । हालका दिनमा चिनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ । यसरी अनुदान गरेका पनि कतिपय रकमहरु हामीले विनियोजन गर्न सकेका थिएनौँ त्यसमा प्राथमिकताहरु निर्धारण गरेर । त्यसमा सम्बन्धित अर्थ मन्त्रालयपनि सम्बन्धित अन्य निकायहरुपनि, परराष्ट्र मन्त्रालय पनि यसको विनियोजन हुन सकोस भनेर गम्भिर गृहकार्यमा लागेको कुरा जानकारी गराउन चाहन्छु । यसरी अहिले पूरै एजेण्डाहरु फाइनल स्टेजमा नपुगिसकेको हुनाले । हाम्रा एजेण्डाहरु चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको बारेमा हामीहरुको बीचमा छलफल चलिरहेको छ । सोसँग सम्बन्धित विभिन्न समझदारी पत्र र सम्झौताका मस्यौदाका बारेमा पनि दुई पक्षबीच छलफल र तयारी चलिरहेको छ । कोभिडको कारण नियमित हुन नसकेका द्धिपक्षीय व्यापार नाका र परम्परागत सिमा नाकाहरु खोल्ने विषयमा पनि छलफल चलिरहेको व्यहोरा सम्मानित समितिलाई जानकारी दिन चाहन्छु । अन्तिम रुप दिने काम भइरहेकोले अहिले नै यो विषयमा सहयोगको घोषणा हुने वा सम्झौता हुनेबारे हामीले सार्वजनिक गर्न हतार हुने भएकाले उपयुक्त समयमा जानकारी गराउने छौँ ।’

उहाँले भ्रमणको एजेण्डाको सम्बन्धमा उपयुक्त समयमा जानकारी गराइने पनि स्पष्ट पार्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज