अज्ञात रोगका कारण बर्दिवासमा विद्यार्थी बिरामी, परीक्षा रोक्न माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

महोत्तरी । अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासमा एक साथ बिरामी पर्नेको संख्या ८० नाघेको छ ।

एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका चिकित्सकले हिजो पनि परीक्षण गरेका थिए।

परीक्षणको क्रममा तीन जनालाई डेंगु प्रमाणित भएता पनि अन्य विद्यार्थीलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजुलले जानकारी दिए। ञहाम्रोमा सातौं सेमेस्टरको परीक्षा चलीरहेको थियो। केही विद्यार्थीमा त्यतिवेला पनि ज्वरो आएको थियो, उनले भने।

रोगको विषयमा चिकित्सकहरुले परिक्षण गरिरहेका छन । बर्षादका कारण दुषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरेतापनी डेंगुको नै लक्षण भएको हुन सक्ने चिकित्सकले बताएका छन्। २२ गते हुने परीक्षा पनि विद्यार्थी बिरामी भएपछी स्थगन गर्न लगाइएको वडा अध्यक्ष पदम आलेमगरले जानकारी दिए।

ADVERTISEMENT

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणवाट प्रताडित बनेपछी वडा अध्यक्ष मगरले हिजो क्याम्पसमा नै स्वास्थ्य शिविर राखेका थिए। परीक्षण गरिएका सवै बिद्यार्थीमा ज्वरो देखिएको थियो। कतिपयको स्थानीय क्लिनिकमा उपचार भए तापनी केहीको भने बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।

यसै सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्र्यार्थी युनियनले विद्यार्थीहरूमा फैलिरहेको ज्वरोलाई मध्यनजर गर्दै एक विज्ञप्तिसमेत निकालेको छ। सो बिज्ञप्तिमा एक हप्तादेखि दुषित पानीका कारण फैलिएको टाइफाइडका कारण विद्यार्थी प्रताडित बने पछी पाचौं सेमेस्टरको परीक्षा स्थगन गर्न माग गरिएको छ।

कृषि तथा वन बिज्ञान विस्वविध्यालय राष्ट्रिय समितिका सचिव शिव बस्नेतले निकालेको विज्ञप्तिमा रोग नियन्त्रणमा नआएसम्म परीक्षा रोक्न आग्रह गरेको हो । परीक्षा स्थगनको लागी प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि डिनको कार्यालयलाई पत्र लेखिसकेको निमित्त क्याम्पस प्रमुख भुजेलले बताए।

विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र सरोकारवाला निकायमा संयोजन भइरहेको वताउदै वडा अध्यक्ष मगरले रोगको विषयमा अहोरात्र निगरानी गरिरहेको जानकारी दिए। यो कलेज बर्दिबास नगरपालिकाको वडा नम्बर ६ स्थित भित्री गाउँमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज