इजिप्टको कायरोमा भवन भत्किँदा ४ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

कायरो । इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य पाँच जना घाइते भएका इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ ।

उत्तरी कायरोको हदेक अल-कुब्बा जिल्लामा रहेको चारतले भवनमा रहेका मृतक तथा घाइते सबै बासिन्दा एकै परिवारका हुन् ।

ADVERTISEMENT

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको र भग्नावशेषमा फसेका मानिसहरुको यकिन सङ्ख्या अझै अज्ञात रहेको समाचारमा उल्लेख छ ।

सरकारी वकिलले दुर्घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् । गत जुलाईमा पनि सोही क्षेत्रमा एउटा पुरानो भवन भत्किँदा १३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *