शुद्धोधनमा ईलाका प्रशासन कार्यालयको सेवा सुरु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ५ मानपकडीमा नेपाल सरकारबाट स्वीकृति ईलाका प्रशासन कार्यालयको सेवा सुरु हुनेभएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका प्रमुख भरतमणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले सो ईलाका प्रशासन कार्यालयको सेवा क्षेत्र निर्धारण गर्न कार्यदल गठन गर्ने र उक्त कार्यदलले भाद्र २५ गतेभित्र सेवा क्षेत्र निर्धारण गरि सिफारिस गर्ने निर्णय गरिएको थियो।

जसमा जिल्ला समन्वय समिति, रुपन्देही प्रमुख उमाकान्त चापाँईको संयोजकत्वमा र बुटबल उप–महानगरपालिका नगर प्रमुख खेलराज पाण्डे,तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँड, सैनामैना नगरपालिका नगर प्रमुख फडेन्द्र शर्मा, शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल सदस्य र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका सहायक प्रजिअ रामचन्द्र अर्याल सदस्य सचिव रहनुभएको छ ।

ADVERTISEMENT

उक्त शुद्धोधन गाउँपालिका वडा नं ५ मा अवस्थित शुद्दोधन गाउँपालिकाको स्वामित्वमा रहेको आयूर्वेद कार्यालय सेवा प्रवाहको दृष्टिकोणले उपयुक्त देखिएकोले उक्त स्थानमा ईलाका प्रशासन कार्यालय, मानपकडीमा स्थापना गर्ने निर्णय गरिएको शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले वताउनु भयो।

शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालले आबश्यक जनसंख्या र भौगौलिकताका आधारमा पनि यहाँ आवश्यक थियो अब यसले सबै कुरालाई सहजता बनाउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज