सिराहामा भारतीय नागरिकको शव फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सिराहाको दक्षिणी सीमावर्ती बजार माडरको बसपार्कमा एक भारतीय नागरिकको शव फेला परेको छ।

सिराहा नगरपालिका–१७ मा रहेको माडर बसपार्कमा भारत बिहार राज्यको बेगुसराय जिल्ला तेगरा–११ घर भएका करिब ३५ वर्षीय मो. अकबरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो।

ADVERTISEMENT

बुधबार दिउँसो बसपार्कमा फेला परेको शवसँगै भेटिएको भारतीय आधारकार्डको आधारमा उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो।

घटनास्थलको मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल सिराहामा राखिएको उहाँले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज