एसिया कप खेलेर फर्केको क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।

एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न पुगेका समर्थकहरुले विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।

समूह चरणमा भारत र पाकिस्तानविरुद्ध नेपाली क्रिकेट टोलीले उत्कृष्ट खेलेको थियो । क्रिकेटमा दुई महारथी राष्ट्रसँग पनि निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गरेका हुन् ।

ADVERTISEMENT

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले दुईवटा खेलेको थियो । दुईवटै खेलमा पराजित भए पनि नेपाली टिमको प्रशंसा भएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको गरेको  थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज