सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–७, मा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
माछापालन गरिरहेको आफ्नै पोखरीमा पानी पठाउन जानुभएका ईश्वरपुर नगरपालिका–३, का ४० वर्षीय कौशलकिशोर चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान ६ः३० बजेतिर पानी तान्ने मोटर चलाएर पानी पठाउन खोज्दा करेन्ट लागेर अचेत हुनुभएका चौधरीलाई उपचारका लागि बयलवासस्थित अमृत हेल्थ केयरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको कानुनि प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता