काठमाडौं–खानीडाँडा उडानमा दुईजना मात्रै यात्रु

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । नेपाल वायुसेवा निगमको ध्वजावाहक जहाजले मंगलबार बिहान दुईजना मात्रै यात्रु लिएर काठमाण्डौबाट मनमाया राई खानीडाँडा विमानस्थल आएका छन् ।

साप्ताहिक उडान तालिका अनुसार जहाजले अधिवक्ता ओम प्रकाश घिमिरे र दिक्तेल माटिकोरेकी मैयाँ श्रेष्ठ मात्र लिएर खानीडाँडामा अवतरण गरेको हो । सातजना यात्रु लिएर जहाज काठमाण्डौ फर्केकोे थियो ।

लगातारको मौसम खराबीले गर्दा तीनवटा फ्लाईट क्यान्सिल भएकाले फ्लाईट हुन्छ, हुँदैन भन्ने दोधार हुँदा काठमाण्डौबाट दिक्तेल आउने दुईजना मात्रै यात्रु भएको मनमाया राई खानीडाँडा विमानस्थलका स्टेशन ईन्चार्ज सुरेन्द्र कसजुले बताउनु भयो ।

कसजुका अनुसार प्रत्येक मंगलबार र शुक्रबार बिहान काठमाण्डौ–खानीडाँडा जहाज उड्ने गरेको छ । काठमाण्डौ–खानीडाँडालाई न्युनतम ४ हजार ८१० रुपैयाँदेखि ५ हजार ७७५ रुपैयाँ भाडादर तोकिएको छ । यो फेरबदल भईरहने गरेको छ ।

ADVERTISEMENT

जहाजबाट काठमाण्डौ–खानीडाँडा यात्रा गर्नलाई नेपाल वायुसेवा निगमको वेबसाईट, ‘नेपाल एयरलाईन्स’ नामक मोवाईल एप र ईसेवाबाट टिकट काट्न सकिनेछ ।

खानीडाँडा विमानस्थल वान वे भएकाले पश्चिमबाट ल्याण्डिङ र टेकअफ गर्नुपर्ने बाध्यता छ । नागरिक उड्यन प्राधिकरणको अप्रेशन मेनुअल अनुसार बिहान १० बजेभन्दा पछि खानीडाँडा विमानस्थलमा जहाज अवतरण गर्न पाईन्न । बिहानै पनि हावाको गती ७ नत्स बढी भएमा जहाजले अवतरण गर्न सक्दैन । त्यसकारण पनि फ्लाईट क्यान्सिल हुने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज