म्याग्दीका ९९ वर्षिय थापा दम्पतिलाई एकअर्काकाे भर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । ‘हुने हार, दैव नटार’ यो उखान म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९९ वर्षिय खड्गबहादुर थापाको जीवनसँग ठ्याक्कै मेल खान्छ ।

नाति/पनातिको मायालु स्पर्श र छोरा नातिको स्याहार सुसारमा भगवान स्मरण गर्दै वित्नुपर्ने ९९ वर्षिय आयुका दिनहरु बिहान बेलुकीको खर्च जुटाउन र आगो बाल्ने झिँजा,दाउरा बटुल्दै विताउन वाध्य हुनुहुन्छ थापा दम्पत्ति ।

जन्मेदेखि करिव एक सय वर्षको उमेरसम्म सुखको क्षणिक अनुभवसम्म गर्न नपाउनुभएका थापा र उहाँकी ८४ वर्षिया श्रीमती खिरकुमारी थापाको जीवन दुःखैदुःखको भुमरीमा घुम्दाघुम्दै वित्यो ।

नाति/पनातिको मायालु स्पर्श र छोरा नातिको स्याहार सुसारमा भगवान स्मरण गर्दै वित्नुपर्ने ९९ वर्षिय आयुका दिनहरु बिहान बेलुकीको खर्च जुटाउन र आगो बाल्ने झिँजा,दाउरा बटुल्दै विताउन वाध्य हुनुहुन्छ थापा दम्पत्ति ।

उमेरले ९९ औं वसन्त पार गरे पनि थापा दम्पत्तिले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन ।

सधैभरी हसिंलो देखिने थापाको मन भित्र रहेको दुःखको सुनामी कहिल्यै बाहिर आएन । जस्तो परिस्थिति आइपरे पनि सहेरै जीवनका खुड्कीलाहरु उक्लनै एक शतकको नजिक आइपुग्दा उहाँले पनातिको पुस्तासम्मका व्यक्तिहरुबाट माया र अपहेलना दुवै पाएको बताउनुहुन्छ ।

“मान्छे सबै स्वार्थी नै हुन्छन् तर,सबैभन्दा स्वार्थी मान्छे सम्पत्ति उपभोग गर्नेहरु नै हुँदारहेछन्” उहाँले भन्नुभयो “मेरो पनि छोरो थियो, छोरी छिन्, धन सम्पत्ति सवै थियो,तर अहिले असहाय र सुकुम्बारी बनेर गाउँलेहरुको दया मायामा पालिएको छु ।”

४२ वर्ष अघि छोरा मीनबहादुर थापाको युवा अवस्थामा नै मृत्यु भए पछि श्रीमती खिरकुमारीसँग आफन्तको सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् ।

ADVERTISEMENT

थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् । बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्नुहुन्छ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा निकै समस्या पर्ने गरेको उहाँका छिमेकी टेकबहादुर कार्कीले बताउनुभयो ।

“मर्दिन बाबु म सानोतिने रोगले मर्दिन, एक सय १० वर्षसम्म बाँच्छु, बरु भोकै मरुँला रोगले मलाई लैजादैन ।”

थापा दम्पतिको दिनचर्या बिहान ५ बजेबाट सुरु हुन्छ । बिहानै उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्नुहुन्छ । त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताउनुभयो ।

“लिएर आएको कर्म नभोगि सुखै हुँदोरहेनछ” थापाले भन्नुभयो “सम्पत्ति कमाएँ अर्कैलाई भयो,अहिले सम्प्त्ति खाने मान्छेले फर्केर पनि हेर्दैन् ।”
आफ्नो चिना (चिर्कटों) हेर्ने ज्योतिषिले एकसय १० वर्षसम्मको आयु रहेको बताउने थापा रोगको बारेमा सोध्दा ठट्यौली शैलीमा भन्नुहुन्छ “मर्दिन बाबु म सानोतिने रोगले मर्दिन, एक सय १० वर्षसम्म बाँच्छु, बरु भोकै मरुँला रोगले मलाई लैजादैन ।”

बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ ।

“बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” थापाले भन्नुभयो, “सहारा दिने मान्छे नभए पछि आफ्नै जीवन आफैलाई बोझ हुँदोरहेछ ।” सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।

आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा भएर बसेका छन् । कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।

थापा ज्यामरुककोट क्षेत्रकै जेष्ठ नागरिक भएकोले उहाँलाई सबैले सम्मान गर्ने र सक्दो सहयोग गर्ने गरेका उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज