मधेश प्रदेश सांसद अनिरुद्ध सिंह यादवलाई थुनामा राख्न अदालतको आदेश

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ९ख०बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमबार राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले आज अदालतमा पेश गरेको थियो ।

अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको जानकारी दिनुभयो । आदेशलगत्तै उनलाई थुनामा लगिएको छ ।

ADVERTISEMENT

१६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । चौधरीको हत्या मुद्दामा यादवलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ । अभियोगमा प्रदेश सप्तरी क्षेत्र ४ ख बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव अदालतबाट दोषी ठहर भए पछि सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।

प्रदेश सभा सदस्य यादवको निर्देशनमा साविकको बोदे बर्साइन गाविस –४ बाट वि।स। २०६४ असार ९ गते सप्तरी खोक्सर प्रवाह –१ का ३२ वर्षीय माओवादी नेता दीपु भनिने गोविन्द चौधरीलाई नियन्त्रणमा लिई नेङ्गडा गाविस –५ वैरिया टोलमा पुगाई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज