भोजपुर । खोज तथा अनुसन्धानको क्षेत्रमा कार्य गर्दे आएको अनुसन्धान ब्यवस्थापन एकाई (आरएमसी) भोजपुर बहुमुखी क्याम्पसले बहुबिषयमा आधारित जर्नल बिमोचन गरेको छ ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मंगलवार आयोजित कार्यक्रममा जर्नलको बिमोचन गर्नु भएको हो । सोक्रममा अध्यक्ष बस्नेतले आरएमसीबाट प्रकाशित खोज तथा अनुसन्धान मुलक जर्नल सवै क्षेत्रका लागि उपयोगी हुने बताउनुभयो । बिषय बिज्ञ सहितको टोलीले तयार गरेको खोजमुलक जर्नल अनुसन्धानकर्ता, प्राध्यापक, शिक्षक, बुद्धिजिवी लगायतको लागि उपयोगी रहेको अनुसन्धान ब्यवस्थापन एकाई (आरएमसी) का संयोजक डा. पर्वत कुमार राईले बताउनुभयो ।
टेम्कैमैयुङ गाउँपालिकाको सहयोगमा जर्नल तयारी गरिएको हो । कार्यक्रममा क्याम्पस प्रमुख भुलानाथ राई, प्राध्यापक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । जिल्लाको बिकाससँग सम्वन्धित कार्यपत्र सहित बिभिन्न खोजमुलक कार्यक्रम समेत अनुसन्धान ब्यवस्थापन एकाई (आरएमसी) ले जिल्ला तहमा गरि सकेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts