भोजपुर । भोजपुर जिल्लामा पार्टी कार्यालय स्थापना भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहहरुमा समिति निर्माण सुरु गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रामप्रसाद राई गाउँपालिका वडा नम्वर २ द्योदलेखानीमा उदिम तामाङको सभापतित्वमा वडा समिति निर्माण भएको हो । ११ सदस्यीय वडासमितिको उपसभापतिमा सिता तामाङ, सचिव अर्जुन भुजेल र कोषाध्यक्षमा बिना तामाङलाई चयन गरिएको छ ।
यस्तै अन्य सदस्यहरुमा सरु तामाङ, प्रमिला दर्जी, प्रविन भुजेल, कलल मगर, टिकाराम तामाङ, कुमार तामाङ र बिजय भुजेल चयन हुनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी भोजपुरले जनाएको छ ।
पार्टीले भोजपुरमा रहेका सवै स्थानीय तह र वडाहरुमा संगठन बिस्तार गर्ने जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts