ऐतिहासिक टक्सार बजारमा श्रीकृष्ण जन्माष्टमी मेला

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो । १८७२ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु ब्यवसायका लागि पनि त्यतिकै पूर्वमा प्रख्यात ठाउँ मानिन्छ ।

टक्सारको भाषा धर्म र संस्कार संस्कृति संरक्षणको लागि प्रत्येक वर्ष लाग्दै आएको श्रीकृष्ण जन्मष्टमी मेला यस बर्ष पनि आयोजना हुने भएको छ । टक्सार बजारलाई ‘मिनी पाटन’समेत भनिन्छ । यहाँ उपत्यकाको नेवारी सहर पाटनको स्वरूपमा सहर विकास गरिएको थियो । यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बा लगायतका दर्जनौ धार्मिक स्थलहरु छन ।

सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजार पछिल्लो समय जीर्ण बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाई रहेको छ । शाक्यले भन्नुभयो, “यहाँका धार्मिक मठ, मन्दिर, विहार, चैत्य, गुम्बा र ठूलठूला घरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन ।”

टक्सारमा परम्परागतरुपमा चल्दै आएको श्रीकृष्ण जन्माष्टमी मेलाका लागि अहिले तयारी भई रहेको शाक्यले बताउनुभयो । भोजपुर नगरपालिका वडा नम्वर १२ को आयोजनामा टक्सार भाद्र २० र २१ गते दुई दिने मेला लगाउन लागिएको छ ।

ADVERTISEMENT

टक्सार ऐतिहासिक तथा धार्मिक स्थल हो, यसको संरक्षण र सम्वर्धन सहित परम्पराहरु समेत जोगाउन जरुरी रहेको वडाध्यक्ष देवी प्रसाद कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,“यी विभिन्न संस्कार, संस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ । यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।”

‘धार्मिक पर्यटन प्रवर्द्धनको लागि ऐतिहासिक टक्सार बजार जाऔं’ भन्ने नाराका साथ आयोजना भएको मेलामा बिभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, बिभिन्न समुहहरुको लाखे नाच प्रर्दशन, श्रीकृष्ण रथयात्रा जस्ता कार्यक्रमहरु हुने स्थानीय बिमल रणपहेलीले जानकारी दिनुभयो ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज