सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउन पहल गर्छ : मेयर बालेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताउनुभएको छ ।

सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुग्नुभएका बालेनले मंगलबार (आज) बिहान सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो। सोमबार भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

ADVERTISEMENT

मेयर साहले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताउनुभएको छ । उहाँले आगामी तीन वर्षभित्र सिकाइ सुविधाका लागि हरेक वडामा बलिङ नेट राख्ने निर्णय यसअघि नै गरिसेको पनि स्मरण गराउनुभएको छ ।

‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं । यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ,’ बालेनले लेख्नुभएको छ, ‘र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको तीन वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज