ग्ल्याम नेपाल इन्टरनेशनलका २४ प्रतिस्पर्धी सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्ल्याम नेपाल इन्टरनेशनलका २४ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । एक समारोहबीच अन्तिम २४ प्रतिस्पर्धी सार्वजनिक गरेको हो । प्रारम्भ प्रडक्सनको आयोजनामा हुन गइरहेको तेस्रो संस्करणको ग्ल्याम नेपाल इन्टरनेशनलमा आँचल शाह, उरूषा भण्डारी, स्वीकृति राजभण्डारी, साइमन प्रेमा गिरि, संस्कृति भट्ट, साक्षी बाँस्तोला, राजश्री थापा, पूर्णिका सिजापति, पुजनी शाह, प्रज्ञा भण्डारी, पुरू लामा, नफिसा श्रेष्ठ, नविना डंगोल, मोनिशा अधिकारी, मानुसी गिरि, कृपा श्रेष्ठ, कामना काफ्ले, होलिस्का कोइराला, वर्षा भण्डारी, अर्विशा थापा, अनिशा शाही ठकुरी, अञ्जिला गिरि र अदिति अधिकारी रहनुभएको छ ।

प्रारम्भ प्रडक्सनका निर्देशक पवन आचार्यले, ‘विश्वव्यापी रूपमा महिलाहरूको स्तर वृद्धि तथा क्षमता अभिवृद्धिका लागि ग्ल्याम नेपाल इन्टरनेशनल आयोजना गरिएको बताउनुभयो । उहाँले, ग्ल्याम नेपाल इन्टरनेशनलको आगामी भदौ २९ गते फाइनल हुन गइरहेको जानकारी दिनुभयो ।

ADVERTISEMENT

ग्ल्याल नेपाल इन्टरनेशनलको आयोजका समितिमा पवन आचार्य, अभिविन्द खनिया, सविता कार्की, हृयाप्पी आचार्य, आयुष केसी र सुश्मा कार्की रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *