चीनले जारी गरेको नक्शाबारे सांसदहरुको प्रतिक्रिया

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्शाबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी नदिएका कारण चिनले सो भू–भाग नेपालमा नसमेटि नक्शा जारी गरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले तत्कालिन संसदले सर्वसम्मत रुपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमिमा समेटेर नक्शा पास गरेको भएपनि अन्तर्राष्ट्रिय जगतलाई जानकारी नगराएको बताउनु भयो । उहाँले नेपालकै कमजोरीका कारण सो भूमि नेपालमा समेटिएको नक्शा अन्तर्राष्ट्रिय जगतले जारी नगरेको बताउनु भयो । उहाँले सरकारलाई नेपालको आधारिक नक्शाका बारेमा अन्तर्राष्ट्रिय जगत र सम्बन्धित निकायहरुमा पठाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मेरो व्यक्तिगत रुपमा यति नै बेला चिनले कि यो सार्वजनिक ग¥यो होला । मलाई अचम्म लागिरहेको छ । हामी सिंगो देश नेपाल हाम्रो चुच्चे नक्शा कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा हाम्रो सार्वभौम सम्पन्न संसदले पास गरेको नक्शा हो । यो अन्तर्राष्ट्रिय जगतले थाहा पाइन भनेर भन्छ भने पनि त्यो गलत कुरा हो । युएनको एजेन्सी काठमाडौंमै छ नि । मैले सुनेँ अन्तर्राष्ट्रिय जगतमा नेपाल सरकारले जानकारी गराउन कमजोरी ग¥यो । त्यो गर्नु हुँदैन थियो । पूर्व सरकारका प्रतिनिधिहरु जतिबेला केपी ओली यो देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । उहाँहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको आधिकारिक नक्सा यस्तो छ है, हाम्रो संसदले पारित गरेको नक्स्शा यो हो भन्नुपथ्र्यो । नेपालले औपचारिक रुपमा नक्शाका बारेमा लिखित रुपमा हामीले संयुक्त राष्ट्रसंघ, मित्रराष्ट्र लगायत सबै ठाउँमा हामीले बुझाउनुपर्ने हाम्रो कर्तव्य हो । यथाशिघ्र नेपालको चुच्चे नक्शा जहाँ जहाँ पठाउनुपर्ने हो त्यहाँ पठाउनुहुन अनुरोध छ ।’

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले संसदबाट सर्वसम्मत रुपमा नक्शा पास गरेपनि पठाउने बेलामा दराजमा थन्क्याइएको बताउनु भयो । उहाँले नेताहरुले जनतासँग एउटा कुरा र काम अर्को गर्नेगर्दा यस्तो परिस्थिति आएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले यस विषयमा चिनियाँ राष्ट्रपतिसँग संयमतापूर्वक कुरा गर्नुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो – ‘जनतासँग एउटा कुरा गर्छन् । काम एउटा गर्छन् । जनतासँग नक्सा पास गर्छन् । संसदमा सर्वसम्मत निर्णय गराउँछन् । पठाउने बेलामा दराजमा थन्क्याउँछन् । पाठ्यक्रम निकाल्ने बेलामा दराजमा थन्क्याउँछन् । नेपालको बेइजत । यो गराउने अहिलेको नेतृत्व । काम एजेन्टको गर्छन् । जनतासँग आदर्शवादी, राष्ट्रवादी कुरा गर्छन् । त्यसकारण मुलुक कहाँबाट बन्छ ?’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालले पारित गरेको नेपालको नक्शा छिमेकी देशहरुले स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले चीनले जारी गरेको नक्शाको सन्दर्भमा नेपाल सरकारले पत्राचारगरी स्पष्टिकरण सोध्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो संसदले पारित गरिसकेपछि हाम्रो छिमेकी देशहरुले त्यसलाई मान्नुपर्छ भन्ने नै हाम्रो धारणा हो । यदि त्यहाँ केही असहमति छन् अथवा केही कन्फ्युजनहरु छन् भने त्यसलाई स्पष्ट रुपमा परराष्ट्र मन्त्रालयले चीनसँग नोट लेखेर स्पष्टिकरण सोध्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

उहाँले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग यस विषयमा खुट्टा नकमाई उत्तर माग्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *