सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग राख्दै बचतकर्ताको धर्ना

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित सुविधा बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रकम फिर्ता पाउनु पर्ने माग राख्दै बचतकर्ता आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले रकम अविलम्व पाउनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् । मलंगवा नगरपालिका–८ स्थित सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईश्वर गुप्ता बचतकर्ताको रकम हिनामिना गरेर फरार भएपछि कार्यालयले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । रकम भुक्तान हुन नसकेपछि पीडितहरुले एक साताअघि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै रकम भुक्तान नभए आन्दोलन गर्ने घोषणा गरेका थिए ।रकम नपाउनुको साथै कारबाहीको लागि पनि ठोस प्रयास नभएको भन्दै पीडितहरु संघर्ष समिति बनाएर जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

ADVERTISEMENT

अविलम्ब रकम फिर्ता पाउनु पर्ने, सञ्चालकलाई कारबाही तथा तथा सम्पत्ति रोक्का गर्नुपर्ने, कार्यालयको स्वतन्त्र लेखा परीक्षण हुनुपर्ने, सञ्चालकले लिएको ऋण सार्वजनिक हुनुपर्ने लगायतका माग राखिएको संघर्ष समितिले जनाएको छ ।

सहकारीका अध्यक्ष गुप्ताले बचतकर्ताको करिव २४ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीबाट ठूलो रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रवन्धक दिपकलाल अमात्य, खजान्ची निर्मल श्रेष्ठ सहित अन्य दुई कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह थुनामा परेका छन् । फरार अध्यक्ष गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज