इलाम बजार तेस्रो साना सहरी खानेपानीको काम सम्पन्न, उपभोक्ताको माग भन्दा धेरै खानेपानी आपुर्ती

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको छ ।

नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्ष अघि काम सुरु भएको सम्पन्न भएको हो । बिगत केही महिना अघि देखी नै परिक्षणको रुपमा इलाम बजारक्षेत्रमा खानेपानी वितरण हुँदै आएको आयोजनाको काम सम्पन्न भएपनि सन २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नु पर्ने जनाइएको छ ।

आयोजनाको काम ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको थियो । एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।

५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानिय उपभोक्ताहरुले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष तथा इलाम नगरपालिकाका मेयर केदार थापाले जानकारी दिनुभयो ।

माग भन्दा बढि खानेपानी आपुर्ती

ADVERTISEMENT

आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिव ४५ लिटर पानी आइरहेको छ । तर उपभोक्ताको माग भने प्रतिसेकेन्ड करिव ३५ लिटर मात्र रहेको बताईएको छ । यो अवस्थामा प्रतिसेकेन्ड १० लिटर पानी खपत हुन सकेको छैन । आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको छ ।

१५० किलोमिटर लामो पाइपलाईन वितरण भएको आयोजना अन्तर्गत सुरुमा २८ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष लिइएको थियो । पछि थप भएर ३३ सय ४४ घरमा आयोजना मार्फत नै खानेपानी वितरण भएको छ । पुन तीन सय वढि उपभोक्ताको संख्या बढेका छन् ।

हाल उपभोक्तालाई दैनिक दुई पटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इन्जिनियर कपिलदेव यादवले बताउनुभयो । उहाँका अनुसार अहिले २ पटक वितरण गर्दा समेत उपभोक्ताको माग पुरा भएको छ । २४ सै घण्टा पानी पठाउने गरि मुहान बाट सप्लाई टेंकीमा पानी आईरहेको भएपनि उपभोक्ताले प्रयोग नगर्दा पाइपलाईनमा समस्या भईरहेको छ ।

हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भएपनि यसलाई आफुहरुले मर्मतको काम गरिरहेको यादबको भनाई छ । अहिले गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०-१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज