‘एक भगवत् गीता’मा तेस्रोलिंगी चरित्रमा विपिन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा यौनिक अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तु समावेश छ । चलचित्रले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । विपिन कार्की तेस्रोलिंगीका रूपमा प्रस्तुत हुनुभएको छ । बदलाको कथामा चलचित्र केन्द्रित रहेको ट्रेलरले संकेत गरेको छ । तेस्रोलिंगी चरित्रमा देखिनुभएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गर्नुभएको छ । दुई मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ ।

अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । विपिनले कमलामाई अवतारमार्फत लैंगिक अल्पसंख्यक समुदायको कथावस्तुमार्फत सशक्तीकरणको सन्देश दिन खोज्नुभएको छ । समग्रमा बदलाको कथामा आधारित चलचित्र जस्तो ट्रेलरबाट बुझ्न सकिन्छ ।

सुहाना थापा र धीरज मगरको प्रेमसम्बन्ध र रोमान्सलाई समेत चलचित्रको सार्वजनिक ट्रेलरमा चित्रण गरिएको छ । विपिन र सुहानाको मित्रता पनि यसमा समावेश छ । जनकपुरको सेटिङमा खिचिएको चलचित्रमा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाइली खलपात्रको चरित्रमा देखिनुभएको छ ।

ADVERTISEMENT

अन्तरजातीय प्रेमकथामा आधारित रहेको चलचित्रमा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धीरज ठाकुरलगायत कलाकारको अभिनय छ ।

सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत र शंकर अधिकारी ‘घायल’को शब्द रचना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?