रुपन्देही । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नामको बुँख्याचा सरकारले एमाले विरूद्ध षडयन्त्र गरिरहेको बताउनु भयो।
एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले प्रतिक्रियावादी शक्तिले सजिलै एमालेलाई अगाडि बढ्न नदिने बताउनु भयो।
एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर उनीहरु आत्तिएको बताउँदै ओलीले वामपन्थी खोल ओढेकाहरुको सहारामा सरकार ढालेको आरोप लगाउनु भयो ।
ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजिपतिलाई आतंकित बनाएको आरोप लगाउनु भयो । आफु विरुद्ध यतियति भन्ने गरिएको जिकिर गर्दै उहाँले यतिबारे छानबिन गर्न चुनौती दिनु भएको छ ।
बिदेशीको नाममा लिजमा दिएको जग्गा सोझो शेर्पाले लिजमा लिंदा हल्ला गरिएको पनि बताउनु भयो । सुशील कोइराला प्रधानमन्त्री हुँदा सो जग्गा यतिको नाममा लिजमा दिने निर्णय भएको अध्यक्ष ओलिले बताउनु भयो ।
उहाँले भारत भ्रमणमा बंगलादेश जाने बाटोको बदलामा कालापानी दिन सकिने प्रचण्डले अभिव्यक्ति दिएको आरोप लगाउदै ओलीले देशको जमिन अरुलाई दिने अधिकार प्रचण्डलाई नभएको बताउनु भयो ।
आफ्नो नेतृत्वमा सरकार हुँदा उच्चतम विकास भएको दाबी गदैओलिले अहिले जतासुकै विनास मात्र देखिएको बताउनु भयो ।
अध्यक्ष ओलीले प्रचण्डको भारत भ्रमणले कुनै लाभ लिन नसकेको बताउदै भन्नुभयो, ‘गेरू बस्त्र धारणम, मुर्राभैसी ताननम् । यस्तो पनि सरकार हुन्छ ?’ ओलिले भन्नु भयोे, ‘ विदेश जाने मान्छे बढेका बढ्यै छन् । रेमिट्यान्स घटेको छ, राजश्व घटेको छ ।’ एमालेको सरकार बन्यो भने एक हप्तामा डबल राजश्व उठाउने उहाँको भनाई थियो ।
उहाँले विरोधीहरुलाई देखाउनका लागि एकतावद्ध भएर जान जरुरी रहेको बताउनु भयो। लुम्बिनीमा सबैभन्दा बढी पार्टीका पदाधिकारी रहेको चर्चा गर्दै उहाँले नेताहरु सबैसँगै बसेर सबैलाई चित्त बुझ्ने गरी मिलाएर नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।
सचिबालयका यत्तिका नेता यहि हुन्हुन्छ, बेलुका बस्नुस र सबैलाई चित्त बुझाएर मिलौनुस्, म भोलि घोषणा गरेर फर्कन्छु ।’ अध्यक्षले भन्नुभयो।
अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आर्शीवाद भएर हुँदैन आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताउनु भयो।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता