तीन महिने माओवादी अभियान सुरू, अध्यक्ष प्रचण्डलाई चन्द्रागिरी कार्यक्षेत्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि शीर्ष नेताहरूलाई बिभिन्न जिल्लामा खटाइएको छ ।

पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको र सबै जिल्लामा शीर्ष नेताहरू खटाइएको जानकारी दिनुभयो । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी मुख्यालय पेरिसडाँडाबाट तीन महिने अभियानको उदघाटन सम्बोधन गर्ने र त्यसको रेकर्ड दिउँसो १ बजे देशैभरीका वडाहरूमा सुनाउने गरी ब्यवस्थासमेत मिलाइएको छ । जसका लागि पार्टी पदाधिकारीहरूलाइ बिभिन्न जिल्लामा खटाइएको छ ।

ADVERTISEMENT

उहाँका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिनुहुनेछ ।

सचिव दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज