नयाँदिल्ली। चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पनि सुरु गरेको छ। आज त्यहाँ अन्तरिक्ष यान पठाउने तयारीमा भारत रहेको बीबीसीले उल्लेख गरेको छ।
आदित्य १ नाम दिइएको उक्त प्रक्षेपण आजै आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट बिहान ११ बजेर ५० मिनेटमा उडान सुरु हुने भारतीय संचार माध्यमले जनाएका छन् ।
यो पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ । उक्त दूरी पार गर्न आदित्य १ लाई करिब चार महिना लाग्ने बताइएको छ ।
‘भारतको योजना अन्तरिक्षमा आधारित एउटा यान त्यता प्रक्षेपण गर्नु हो,’ बीबीसीमा भनिएको छ, ‘जस्ले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस्।’ यस्तो भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधीजस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ।
सूर्यको अध्ययन गर्ने त्यो नितान्त पहिलो अन्तरिक्ष अभियान भने होइन। नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले त्यस्तो उद्देश्यका साथ पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन्। तर, भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts