भोजपुरमा पनि निकालियो रोपाइँ जात्रा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । गाईजात्रा पर्व अन्तर्गत भोजपुरमा शुक्रबार रोपाई जात्रा निकालिएको छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ ।

यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ गीत गाउँदै र नाँच्दै रमाईलो गरेको रोपाई जात्रामा देखाईने प्रचलन रहदै आएको छ ।

ADVERTISEMENT

भोजपुर लाखे समाजका अध्यक्ष बिनम श्रेष्ठले हरेक वर्ष जस्तै यो वर्ष पनि गाईजात्रा पर्वको दोस्रो दिन विभिन्न झाँकी, बाजागाजा, ब्याङग्यात्मक प्रस्तुति सहित रोपाई जात्रा बजार परिक्रमा गरेर मनाईएको बताउनुभयो । उहाँका अनुसार अब रोपाई जात्रा पछि सिपाही जात्रा निकाल्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज