गाई, गोरु काटेर भोज गर्नेमाथि वैदिक संस्कृति समाज सप्तरीको खबरदारी र्‍याली

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 3 mins

राजविराज । सप्तरीको सदरमुकाम राजविराजमा वैदिक संस्कृति समाज सप्तरीले शुक्रबार खबरदारी र्‍याली गरेको छ ।

सुनसरीको धरानमा गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माग वैदिक संस्कृति समाज खरदारी र्‍याली गरेको हो ।

र्‍याली वैदिक संस्कृति समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृत्वमा गौ वंश संरक्षण गर, गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गर्दै शिव मन्दिरबाट नगर परिक्रमा पश्चात शिव मन्दिरमा पुगेर कोणसभामा परिणत भएकाे थियाे ।

बाबा मोती लाल वैरागीले सुनसरीको धरानमा संवैधानिक प्रावधान विपरीत गाई गोरुलाई हत्या गरि सार्वजनिक रूपमै भोजको आयोजना गरेकोले सो घटनाको छानविन गरी दोषीलाई कार्यवाही गर्न बाबा वैरागीले माग गर्नुभयाे । त्यसै गरी वैदिक संस्कृति समाजका अध्यक्ष रामकुमार शास्त्रीले संविधान विपरीत कार्य गर्ने जो कोहीलाई कानुनी दायरमा ल्याई संविधानको रक्षा गर्दै धार्मिक, सामाजिक सांस्कृतिक एवम् सामुदायिक सद्भाव कायम राखी दोषीमाथि अविलम्ब कारबाही गरि शान्ति सुरक्षा एवम् समस्या समाधानका लागि यथाशीघ्र पहलका गर्न सरकारसँग माग गर्नुभयाे ।

ADVERTISEMENT

त्यस्तै नेपालको संविधानमै गाई राष्ट्रिय जनावर उल्लेख गरिएकोले गाई हत्या रोकी संविधानको मूल मर्मलाई संरक्षण गर्न समता मूलक समाज निर्माण महाअभियानका उपाध्यक्ष सुनिता साह (क्रान्ति) ले सरकारसँग माग गर्नुभयाे ।

उहाँले नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ को स्पष्टीकरणमा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतका धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अक्क्षुण राख्नु पर्ने प्रावधान रहेको बताउनु भयाे ।

सोही भागको धारा ९ को उपधारा ३ अनुसार ,राष्ट्रिय जनावर गाई हुनेछ, स्पष्ट रहेकोले अव सरकारले नेपाली रुपैयाँमा गाईको चित्र राख्न संघीय सरकार समक्ष माग गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज