बागलुङ । सडक छेउका घर भवनका भित्तामा हिलो टासिएको छ । दैनिक सयौँ गाडी ओहोदोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–घोडाबाँधे सडकको अवस्था निकै जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् । यो समस्या हुन थालेको साढे दुई दशक बढी भयो । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रेका आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । २५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि आयोजना कार्यालयले दुई खण्ड बनाएर ठेक्का लगाएको थियो ।
बागलुङ बजारदेखि काठेखोलाको ताराखसेसम्म १३ किलोमिटर भारत कन्ट्रक्सन सिद्धिसाई जेवीसँग वि.सं. २०७३ माघमा सम्झौता गरेको थियो भने ताराखसेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर एमपीएससीएफ इसीसी जेभीसँग वि.सं. २०७२ माघ महिनामा सम्झौता गरेको थियो । बागलुङ–ताराखसे खण्ड वि.सं.२०७६ माघसम्म निर्माण सम्पन्न गरि सक्नु पथ्र्यो, तर अहिलेसम्म चार पटक म्याद थप गर्दा पनि ७२ प्रतिशत भौतिक प्रगति भएको छ । यसको म्याद गत असार २० मा सकिएको थियो । ताराखसे–घोडाबाँधे खण्ड पाँच वर्ष अगाडिनै सकिनु पथ्र्यो । पाँचौँ पटक म्याद थप गर्दा पनि ७४ प्रतिशत भौतिक प्रगति भएको छ । यस खण्डको म्याद गत असार ५ गते सकिएको थियो ।
बागलुङ–ताराखसे खण्ड निर्माणका लागि ४० करोड रुपैयाँमा सम्झौता भएको थियो भने ताराखसे–घोडाबाँधे खण्डका लागि ३४ करोडमा सम्झौता भएको थियो । आयोजना कार्यालयले ताराखसे–घोडाबाँधे खण्डको काम पटक–पटक म्याद थप गर्दा पनि नभएपछि गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको थियो । ठेक्का सम्झौता अन्त्य भए पनि अहिलेसम्म नयाँ ठेक्का प्रक्रिया अगाडि बढेको छैन । लोकमार्ग कार्यालय पर्वतका इन्जिनियर पवन सुवेदीले नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारीमा रहेको इन्जिनियर सुवेदी बताउनुहुन्छ ।
“माथिल्लो खण्डको काम निर्माण कम्पनीले ढिला सुस्ती गरेका कारण कार्यालय पत्रिकामा सूचना निकालेर सम्झैता रद्ध गरेको छ, सम्झौता रद्ध गरेपछि निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको थियो, हामी गएर जफाद दियौँ, अदालतले स्टेअडर दिएन,” इन्जिनियर सुवेदीले भन्नुभयो – “अब कामको मूल्याङन गरेर नयाँ ठेक्का सम्झौता गर्नु पर्ने हुन्छ, त्यसका लागि लाग्ने सबै लागत पुरानै निर्माण कम्पनीले असुल गर्नु पर्ने हुन्छ, अहिले मूल्याङ्क गर्ने र कम्पनीलाई लाग्ने लागत असुली गर्ने प्रक्रिया सुरु भएको छ ।”
लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि काठेखोला स्थानीयले सडकनै अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गरेपछि लोकमार्ग कार्यालयले ठेक्का रद्ध गर्ने स्थितीमा पुगेको थियो । यस खण्डमा ६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । थप दुई किलोपमिटर कालोपत्रेका लागि तयारी अवस्थामा रहेको छ भने चार किलोमिटर ग्राभेलको काम र दुई किलोमिटर नाली निर्माण गर्न बाँकी रहेको इन्जिनियर सुवेदीको भनाइ छ । तल्लो बागलुङ–ताराखसे खण्डको हालसम्मसात किलोमिटर कालोपत्रे भएको छ । एक किलोमिटरमा कालोपत्रे गर्न तयारी अवस्थामा रहको, पाँच किलोमिटर सडक फराकिलो गरि ग्राभेल र कालोपत्रे गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
यो खण्डको पनि ठेक्का सम्झौता अन्त्यको लागि फाइल तयार गरे पनि सरकारले सार्वजनिक खरिद निवामावलीको १२ औँ संशोधन नियम १२० (क) बमोजिक म्याद थप भएका ठेक्काको सम्बन्धमा विभिन्न कारणले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेकोमा सम्बन्धित कार्यालय प्रमुखले एक पटकसम्मलाई म्याद थप सक्ने भने अनुसार पत्र आएको हुँदा रोकिएको उहाँको भनाइ छ । स्थानीय र पालिकाले एक पटक अवसर दिए यस खण्डको निर्माण कम्पनीलाई अन्तिम पटक काम गर्न दिइने सुवेदी बताउनुहुन्छ ।
स्थानीय र यात्रुले भने दुई खण्डका निर्माण कम्पनीलाई कारवाही गरि नयाँ सम्झौता गर्नु पर्ने माग गर्दै आएका छन् । बर्खाका कारण सडकको अवस्था बिजोग रहेको भन्दै यात्रा गर्न निकै गाह्रो भएको यात्रु दिलबहादुर क्षेत्रीले बताउनुभयो । कच्ची सडकबाट भल बगेर कालोपत्रे सडकसमेत क्षतविक्षत भएको भन्दै आधा घण्टा लाग्ने दुरीमा अहिले दुई घण्टा लगाएर यात्रा गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सडकमा नाली नहुँदा वर्षाको भल सडकको बीच भागबाट बग्दा ठूला–ठूला खाल्डो परेको क्षेत्रीले बताउनुभयो ।
“घोडाबाँधेदेखि बागलुङ बजारको दुरी जम्मा २५ किलोमिटर हो, यो दूरीमा समय लाग्ने भनेको आधा घण्टा हो तर सडकको अवस्था खराब हुँदा दुई घण्टा लाग्छ, सडक खोला जस्तो भनेको छ, ठूलो पानी पर्दा भल भग्छ, भलले गाडीनै बगाउला जस्तो गर्छ” उहाँले भन्नुभयो – “यस्तो सडकमा ज्यान धरापमा राखेर यात्रा गर्नु पर्छ, यो अहिलेको मात्रै समस्या होइन, २० औँ वर्षभन्दा बढी भयो, धेरै पटक यस क्षेत्रबाट सांसद भने मन्त्री बने तर यति बाटो बनाउन सकेनन् ।”
स्थानीय पवन कँडेलले बर्खाको समयमा हिलो र हिउँदमा धुलो घर भित्रै आउने हुँदा सडक नजिकका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाउनुभयो । यति बेला लोकमार्ग आसपासका घर र बारीमा भएका फलफूल सबै सडकबाट उछिट्टिएका हिलोले पुरिएको बताउनुभयो । दैनिक सयौँ गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेको भन्दै स्थानीय पदैल यात्रा गर्न नसक्ने अवस्था रहेको बताउनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts