भोजपुर । एक वर्ष भित्र दिवङ्गत आफन्तको सम्झना र शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व भोजपुरमा पनि बिहिवार मनाइएको छ । सदरमुकाम सहित ग्रामीण क्षेत्रहरुमा गाईजात्रा पर्व मनाईएको हो ।
दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईकारुपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहदै आएको छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । भोजपुर सदरमुकाममा ५ परिवारबाट सापरु निकालिएको थियो भने ग्रामीण क्षेत्रहरुमा समेत गाईजात्रा निकालिएको छ । बजार क्षेत्रमा भेला भई सुरु भएको गाईजात्राले बिभिन्न भागको परिक्रमा गरेको थियो ।
राजा प्रताप मल्लले पुत्रशोकले भाव विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएपछि गाईजात्राको चलन सुरु भएको इतिहास पाइन्छ । गाईजात्राले मात्रै रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप जात्राको प्रचलन चलेको विश्वास गरिन्छ ।











This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts