पौवादुङमाको अवरुद्ध सडक संचालनमा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । निरन्तरको वर्षातको कारण अवरुद्ध भएको मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत तिवारीभञ्ज्याङबाट पौवादुङमा गाउँपालिकाको विभिन्न वडामा पुग्ने कच्ची सडक मर्मत पछि पुन संचालनमा आएको छ । गाउँपालिकाको पहलमा पहिरो हटाउनको साथै मर्मत संभार भए पछि सडक पुन संचालनमा आएको हो ।

बर्षातले सडक अवरुद्ध भए पछि आवतजावतमा समस्या भएका कारण गाउँपालिकाको पहलमा सडक मर्मत सम्भार गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “पहिरोका कारण बिभिन्न भागमा सडक अवरुद्ध भए पछि पालिका प्रवेशमा नै समस्या थियो, तर पालिकाको प्रयासमा सडक पुन संचालनमा ल्याएका छौँ ।” पालिका अध्यक्ष राईले भन्नुभयो । बर्षातका कारण तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडकमा क्षति भए पछि यायातायतका साधनहरु संचालनमा आउन सकेका थिएनन् ।

तत्कालका लागि सडक खुले पनि बर्षातले बिगारेको तिवारीभञ्ज्याङ हुदै पालिका प्रवेश गर्ने सडक बजेट अभावका कारण अझै बन्न सकेको छैन । पालिकाको निर्णय अनुसार सडक पुनः निर्माणको लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिएको छ । पालिकाको बजेटबाट मात्र सडक निर्माण संभव नभएकाले सडक निर्माणमा राज्यले पनि सहयोग गर्नु पर्ने गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

ADVERTISEMENT

पहिरोले सडक भाँसिदा तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक अवरोध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडक खण्ड अन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने जिरो पोइन्टमा सडक भाँसिएको कारण ठुला यातायातका साधनहरु सञ्चालनमा समस्या भएको हो । मुख्य प्रवेश मार्ग मै करिब दुई सय मिटर सडक भाँसिएको छ ।

सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाकाको ६ वटा वडाहरु मध्ये दुई नम्वर बाहेक अन्यमा यातायातका साधनहरु सञ्चालनमा समस्या भएको छ । सडक भाँसिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रमुख जिल्ला अधिकारी लगायतको सरोकारवाला निकायहरुबाट समेत स्थलगत अनुगमन भई सकेको छ । तिवारीभञ्याङ–मानेडाँडा– अधेँरीघाट पञ्चकन्या कृषि सडकको दुरी करिव ३५ किलामिटर रहेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज