नवलपरासी । पश्चिम नवलपरासीमा म्याद गुज्रिएका औषधि प्रहरी नष्ट गरेको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले अनुगमनको क्रममा एक औषधि पसलबाट म्याद गुज्रिएका औषधि जिल्ला प्रहरी कार्यालय नवलपरासीले नष्ट गरेको हो ।
गत असार २७ गते रामग्राम नगरपालिकाको वडा–१८ मा रहेको प्रवेश उपचार केन्द्रबाट म्याद गुज्रिएको औषधिलाई प्रहरी कार्यालय परिसरभित्र खाल्टो खनेर उक्त औषधि स्वास्थ्य कार्यालय प्रमुख ओमप्रकाश पन्थी, रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार अचार्य, घरेलु तथा साना उद्योगका नवीन बस्यालको रोहबरमा म्याद गुज्रिएको औषधि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नवलपरासीका सूचना अधिकारी तथा नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा प्रवेश उपचार केन्द्रबाट म्याद गुज्रिएको १५ हजार बराबराको औषधि नष्ट गरिएको रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभयो ।
गत असार २७ गते रामग्राम नगरपालिकाको वडा-१८ मा रहेको प्रवेश उपचार केन्द्रबाट जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा नेतृत्वमा अनुगमन टोलीले अनुगमन गर्दा म्याद गुज्रिएको औषधि बरामद गरिएको र कुनै इजाजतपत्र नलिई सञ्चालन गरेको भेटिएकाले औषधि पसल शिल गरिएको थियो ।
बजारमा औषधि पसलहरू मापदण्डविपरीत सञ्चालन भइरहेको जनगुनासो बढेपछि जिल्ला प्रशासान कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, रामग्राम नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चको टोलीले अनुगमन गर्दा म्याद गुज्रिएको औषधि भेटिएको र नष्ट गरिएको पाण्डेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच