मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड २०२३’ को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो । कात्तिक पहिलो साता काठमाडौंमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरूको उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताउनुभयो ।

विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने बताइएको छ । मिसेस नेपाल वल्र्ड २०२३ को विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने गर्ने छिन । त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने पाउनेछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *