खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय खोटाङले चेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शन गरेको छ ।
कला घर सिन्धुलीका प्रशिक्षक चित्रबहादुर थापा मगर, रिता थिङ र पदम बर्मा शाखालाई झिकाई ६ भदौदेखि १० भदौसम्म रेडक्रसको कार्यालयमा प्रशिक्षण गरेको ‘कचहरी’ नाटक आइतबार दिक्तेलबजारको पूरानो बैंकचोक र कर्म मन्दिर अगाडी सडकमा प्रदर्शन गरिएको हो ।
नाटकले गर्भवती अवस्थामा खतराका संकेत, गर्भ जाँच, स्तनपान सम्बन्धी चेतना, जानकारी, महिला पुरुषले प्रयोग गर्ने परिवार नियोजनका साधन र पाठेघरको क्यान्सरका लक्षण तथा रोकथामका विषयमा जानकारी दिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका स्वास्थ्य अधिकृत प्रविन श्रेष्ठले बताउनुभयो ।
नाटकका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ज्ञानेन्द्र विक, भुवन घिमिरे, सर्मिला विक, लोकमाया थापा, प्रविन दाहाल, सुमन चौलागाँई, देबि बस्नेत, दिपशिका खनाल तथा ऐसेलुखर्क गाउँपालिकाका रत्न माया बुढाथोकी, पुनम घिमिरे, मजेस राई, सुकला राई, प्रिति राई, तेजबहादुर निरौला, सुब्बा निरौला र चिरञ्जिवी अधिकारीलाई पाँच दिन तालिम दिइएको थियो ।
कर्म मन्दिर अगाडी प्रदर्शन गरिएको नाटक हेर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, दिक्तेलका वडाध्यक्ष नवराज राई र लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे पुग्नुभएको थियो ।
क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा ‘समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम’ सञ्चालन भईरहेको छ ।
सोही कार्यक्रमअन्तर्गत दुई स्थानीय तहका व्यक्तिहरुलाई नाटकको तालिम दिईएको हो । तालिम लिएका उनीहरुलाई आगामी दिनमा स्वास्थ्य सचेतनाका निम्ति आ-आफ्नो समुदायमा परिचालन गर्ने तयारी रहेको स्वास्थ्य अधिकृत श्रेष्ठले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा