छायांकनमा खरेलको कौशलता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका-५मा जन्मिनुभएका राजन खरेल पेशाले सिनेमाटोग्राफर हुनुहुन्छ । चलचित्र, म्युजिक भिडियो तथा बृत्तचित्रको छायांकन गर्दै आउनुभएका खरेलले ‘दुर्गामाण्डौ, कुइनेटो र चिठ्ठी’ जस्ता चलचित्रमा छायांकारको रुपमा काम गर्नुभएको छ भने ‘हामी किसानी, कर्महारा चेली, म त गीत गाउँछु हजुर, मलाई बुद्धले देखाको, तिमी पागल पागल, हाम्रो साझा हिमाल’लगायत दर्जनभन्दा बढी म्युजिक भिडियो र सोही संख्यामा वृत्तचित्रहरूको छायांकन गर्नुभएको छ ।

संसारकै अग्लो स्थानमा छायांकन गरिएको ‘हाम्रो साझा हिमाल’ बोलको गीतको भिडियोले सन २०१९मा विश्वकिर्तिमानी कायम गर्न सफल रहेको थियो, शो गीतको छायांकन खरेलले नै गर्नुभएको थियो । यस्तै हाम्रो साझा हिमाल बोलको गीत भिडियोमार्फत खरेलले दुबईमा एम.एस.एन. एक्सिलेन्सि अवार्ड २०२१ मा सर्वोत्कृष्ट छायांकारको अवार्डसमेत प्राप्त गर्न सफल हुनुभएको थियो । त्यसलगत्तै सन २०२० मा छायांकार खरेलले सोही शीर्षकमै बनेको रेकर्डलाई ब्रेक गरेर फेरि अर्को विश्वकृत्तिमान कायम गर्न सफल हुनुभएको थियो ।

सोलुखुम्बुको जिल्लको गोक्योमा सम्पन्न भएको एभरेष्ट अनर अवार्ड २०१९ मा ‘दुर्गामाण्डौ’ चलचित्रमार्फत सर्वोत्कृष्ट छायांकारको अवार्ड प्राप्त गर्नुभएका खरेल सन् २०२३ मा स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा खहरे पाँगु बृत्तचित्रमार्फत सर्वोत्कृष्ट छायांकारको अवार्ड उचाल्न सफल हुनुभएको छ । नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रमा सक्रिय रूपमा लागिरहनुभएका खरेललाई गौरीशंकर च्छोरोल्पा मिडिया र हिमाल एफ.एम.ले साहसिक कला सम्मानबाट सम्मानित गरेका छन्् । पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को कोषाध्यक्ष रहनुभएका खरेल नेपाल चलचित्र कलाकार तथा श्रमिक संगठन र राष्ट्रिय लोकसांस्कृतिक संघको केन्द्रीय सदस्यका साथै विभिन्न संघसंस्थामा अबद्ध हुनुहुन्छ ।

ADVERTISEMENT

दृश्यमा चाँगुनारायण नगरपालिका, बागमती सभ्यताको इतिहास, दृश्यमा भुम्लु गाउँपालिका, खहरे पाँगु, यात्रा सेफोक्सुन्डो, यात्रा काठमाडांै टु गोक्योलगायत दर्जनौं प्रवद्र्धनात्मक बृत्तचित्रहरू र एनिमल नेपालको प्रस्तुति र परिवर्तन नेपालको सहकार्यमा तैयार भएको नेपाल टेलिभिजनवाट पाक्षिक रूपमा प्रदर्शन हुँदै आएको एनिमलहरूसम्बन्धी बनेको वृत्तचित्र ‘द भवाइस लेस भ्वाइस’को छायांकान पनि खरेलले नै गर्नुभएको थियो । त्यसका अलावा खरेलले दर्जनौं टेलिभिजन कार्यक्रम र विज्ञापनको समेत छायांकन गर्दै आइरहनुभएको छ ।

चलचित्र, वृत्तचित्र, गीतसंगीतको भिडियोको प्रोडक्सन गर्नका लागिकलिउड हव प्रोडक्सन प्रा.लि.तथा समाचार पोर्टल द लाइफ स्टाइल नेपाल डटकम सञ्चालनमा ल्याउनुभएका खरेलले आफ्नै नेतृत्वमा कर्पोरेट विजनेश अवार्डको समेत आयोजना गर्दै आउनुभएको छ । खरेलले आफूलाई छायांकारका रूपमा स्थापित गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *