संघीय कानून बन्न नसक्दा स्थानीय तह पूर्ण रुपमा चल्न सकेनन् : नेता सिंह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदले तीन तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानूनहरु बनाउन नसकेको बताउनुभएको छ ।

आईतवार नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघले आवश्यक कानूनहरु निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताउनु भयो । उहाँले सरकार र सबै राजनीतिक दलहरुले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई सुचारु रुपमा सञ्चालन गर्न आवश्यक संघीय कानूनहरु जुन अभावको कारणले फुल फ्लेजिट रुपमा काम गर्न पाइरहेको छैन, त्यो गराउन हामीले संघीय विधेयक ल्याउनुपर्छ, ऐन बनाउनुपर्छ, शिक्षा ऐन बनाउनुपर्छ, तमाम यस्ता संघीय कानून बनाइसकेपछि प्रान्तिय कानून र स्थानीय सरकारले पनि आफ्ना कानून बनाउन बाटो सुचारु रुपले जाने हुन्छ । लाखौंलाख संख्यामा युवाहरु कामको खोजिमा विदेशिएका छन्, अहिले त यहाँ व्यवसाय गरेर खाइरहेका पनि विदेश जाँदैछन् । अहिले सरकारले सबै दलले ध्यान दिएर देशमै बसेर गरिखाने वातावरण नीति बनाइदिनुपर्छ । सबैलाई यहीँ काम गर्ने वातावरण बनाउनुपर्छ । कानूनको राज हुनुपर्छ ।’

ADVERTISEMENT

कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै सबैले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश मानिसकेपछि कानूनभित्र बसेर सबैले काम गर्नुपर्ने बताउनु भयो । उहाँले एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान बनाउँदा नै हामीले भनेका छौँ । यो बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश हो भनेर मानेका छौँ । त्यो मानिसकेपछि कानूनभित्र बसेर काम गर्नुपर्छ, त्यो बिथोलिए सरकारले समाधान गर्नुपर्छ । धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन । काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ, देशको धर्म हुँदैन तर व्यक्तिको आस्थाअनुसार हुन्छ । नेपाल सबैका लागि हो, सबै सहअस्तित्वमा सद्भाव गरेर अर्को धर्मलाई आँच नआउने गरी काम गर्नुपर्छ । सामाजिक सद्भावलाई खलबल गर्नु हुँदैन ।’

नेता सिंहले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?